महिला क्रिकेट टोलीको स्वदेश फिर्ता

कात्तिक २

महिला क्रिकेट टोलीको स्वदेश फिर्ता

काठमाडौं– हङकङमा भएको बिश्वकप क्रिकेटको छनौट प्रतियोगिता खेलेर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ ।

महिला राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्रिकेट संघका पदाधिकारी बिमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिए लगत्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा भएको विश्वकप क्रिकेटको एसियाली छनोट पार गर्न नसकेपनि एसिया कपमा छनिनु नेपाली महिला क्रिकेटका लागि ठुलो उपलब्धी रहेको प्रतिक्रिया दिइन् ।
विश्वकप क्रिकेटमा छनौट हुन नसकेपनि ९ बर्ष पछि रनरअपको भएपनि ट्रफि ल्याउन सफल भएको भन्दै उनले त्यसैलाई आफुले उपलब्धि ठानेको बताइन् ।

बिश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली असोज २० गते हङकङ गएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल