ग्वार्डिओलालाई बार्सिलोनालाई हराउने उपाय थाहा छ : गुन्डोगान

कार्तिक २

ग्वार्डिओलालाई बार्सिलोनालाई हराउने उपाय थाहा छ : गुन्डोगान

ilkay-gundogan-manchester-city_1ccztebgy424b1rbbz3y1ii6igम्यान्चेस्टर – म्यान्चेस्टर सिटीका मिडफिल्डर इकाय गुन्डोगानले प्रशिक्षक पेप ग्वार्डिओलासँग बार्सिलोनाबारे विस्तृत जानकारी भएको कारण उनलाई लियोनेल मेस्सीलाई रोक्ने र बार्सिलोनालाई हराउने तरिका थाहा भएको दाबी गरेका छन् ।

हाल सिटीको प्रशिक्षक रहेका ग्वार्डिओला बुधबार च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लबको सामना गर्न क्याम न्यु पुग्दैछन् ।

बार्सिलोनामा २००८ देखि २०१२ सम्म ४ वर्ष बिताएका ग्वार्डिओलाले त्यहाँ १४ वटा उपाधि जितेका थिए । मेस्सीको उदयमा उनको ठूलो भूमिका रहेको बताइन्छ ।

बार्सिलोना छाडेपछि जर्मन क्लब बायर्न म्युनिखमा हुँदा उनी सन् २०१५ मा क्याम्प न्यु फर्किएका थिए । तर, त्यतिबेला च्याम्पियन्स लिगको उक्त भिडन्तमा उनी ३–० ले पराजित भएका थिए ।

तर, गुन्डोगान भने ग्वार्डिओलाले बार्सामा खेलाडी र प्रशिक्षकको रुपमा बिताएको हुँदा सिटीलाई त्यसले फाइदा हुने बताएका थिए ।

‘उनलाई बार्सिलोनाको तरिका, क्याटालानको तरिका थाहा छ । त्यही भएर उनले अन्य प्रशिक्षकले बताउन नसक्ने कुरा हामीलाई बताउन सक्छन्,’ गुन्डोगानले भने ।

pep_2111869a
बार्सिलोनासँगको खेल सिटीका लागि अहिलेसम्मकै कठिन परिक्षा हुने बताउँदै उनले आफ्नो टोली डराएको भन्दा पनि ‘उत्साहित’ भएको बताए ।

‘घरेलु मैदानबाहिर खेल्नु गाह्रो हुन्छ । त्यसमाथि पनि विश्वस्तरका खेलाडीले भरिएको बार्सिलोनाजस्तो टोलीसँग झनै चुनौतीपूर्ण हुन्छ । तर, हामी डराएका भने छैनौँ, बार्सालाई उसैको घरेलु मैदानमा सामना गर्न हामी उत्साहित छौँ,’ उनले भने ।

यसअघिको खेलमा सेल्टिकसँग ३–३ को बराबरीमा रोकिएको सिटी न्यु क्याम्पबाट ३ अंक चोर्ने प्रयासमा हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल