परीक्षामा सोधियो अचम्मको प्रश्न, ‘बिराट कोहलीकी प्रेमिका को ?’

कार्तिक १  |   एनडीटीभी

परीक्षामा सोधियो अचम्मको प्रश्न, ‘बिराट कोहलीकी प्रेमिका को ?’

virat-kohli_650x400_41476697638भारतीय क्रिकेटर बिराट कोहलीकी प्रेमिकाको बारेमा बलिउड र मिडियामा सवाल जवाफ हुने गर्दथ्यो तर उनकी प्रमिकाको बारेमा विद्यालयको वार्षिक परीक्षामा पनि प्रश्न सोधिएको छ ।

मुम्बईको भिवन्डी इलाकास्थित चाचा नेहश्र हिन्दी हाइ स्कूलमा ९ कक्षाको (फिजिकल ट्रेनिङ) पीटीको परीक्षामा यस्तो अचम्मको प्रश्न सोधिएको हो ।

question-paper-virat-kohli_650x400_81476695776रीक्षार्थीहरुलाई विराट कोहलीकी प्रेमिका को भनी विकल्पसहितको प्रश्न सोधिएको छ ।

प्रश्नः विराटकी प्रेमिका को हुन्, अनुष्का, दीपिका वा कट्रिना कैफ ।

यस विषयमा विद्यालयका प्रधानाध्यापकसँग प्रश्न गर्दा उनले आफ्नो विद्यालयमा निकै लामो समयदेखि पीटीको शिक्षक नभएपछि हिन्दी पढाउने शिक्षकले प्रश्न पत्र बनाएपछि गल्ती भएको जानकारी दिए । हिन्दी पढाउने शिक्षक बिराटको ठूलो फ्यान भएकाले उनी सम्बन्धित प्रश्न राखिएको हुनसक्ने प्रधानाध्यापकले स्रोतलाई बताएका छन् ।

यसबारेमा आफूहरुले शिक्षकबाट लिखित स्पष्टिकरण मागेकोसमेत जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल