विसुको सफलतासँगै रोमाञ्चक मोडमा पाक–विन्डिज टेस्ट

कर्तिक १

विसुको सफलतासँगै रोमाञ्चक मोडमा पाक–विन्डिज टेस्ट

Pakistan v West Indies - 1st Test: Day Fourदुबई – वेस्ट इन्डिजका देवेन्द्र विसुले ८ विकेट लिँदै दोस्रो इनिङमा पाकिस्तानको ब्याटिङक्रमलाई ध्वस्त बनाएपछि पहिलो टेस्टले नाटकीय मोड लिएको छ ।

एसियाली भूमिमा कुनै पनि पाहुना टोलीको बलरमध्ये विसुले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेपछि पहिलो इनिङमा विशाल स्कोर खडा गरेको पाकिस्तान दोस्रो इनिङमा मात्र १२३ रनमा समेटियो । विसुले १३.५ ओभर बलिङ गर्दै ४९ रन खर्च गरेर ८ विकेट लिए ।

यसअघि पाकिस्तानले पहिलो इनिङमा अजहर अलीको तेहोरो शतकको मद्दतले ३ विकेटको क्षतिमा ५७९ रन बनाएको थियो । वेस्ट इन्डिज भने दोस्रो इनिङमा ३५७ रनमा समेटिएको थियो ।

२२२ रनको अग्रता बनाएको पाकिस्तान दोस्रो इनिङमा सस्तोमा समेटिएपछि वेस्ट इन्डिजले मात्र ३४५ रनको विजयी लक्ष्य पाएको छ ।

चौँथो दिनको खेल समाप्त हुँदासम्म वेस्ट इन्डिजले २ विकेटको क्षतिमा ९५ रन बनाएको छ ।

253608-3अंकमा पाकिस्तान–वेस्ट इन्डिज टेस्ट

– देवेन्द्र विसुभन्दा कुनै पनि पाहुना टोलीको बलरले राम्रो प्रदर्शन गरेको अवसर । यसअघि लान्स क्लुसनरले सन् १९९६ मा इडन गार्डेनमा भारतविरुद्ध ६४ रन खर्चेर ८ विकेट लिएका थिए ।

– यासिर शाहभन्दा चाँडो १ सय टेस्ट विकेट लिने खेलाडी । शाहले १७ टेस्ट म्याचमा १०० विकेट पूरा गरे भने उनीभन्दा अघि जर्ज लोहमानमात्र रहेका छन् । उनले १६ टेस्टमा यो उपलब्धि हासिल गरे ।

४५६ – पाकिस्तानको पहिलो र दोस्रो इनिङको रनको अन्तर । यसअघि पाकिस्तानले वेस्ट इन्डिज विरुद्ध नै पहिलो इनिङमा १०६ र दोस्रो इनिङमा ६५७ रन बनाउँदै ५५१ को रनको अन्तरमा रन जोडेको थियो ।

१०.३ – विसुको स्ट्राइक रेट । ८ विकेट लिने स्पीन बलरमध्ये दोस्रो राम्रो । यसअघि जोनी ब्रिग्सले ७.२ को औसतले दक्षिण अफ्रिकाविरुद्ध सन् १८८९ मा ८ विकेट लिएका थिए ।

१६ – पहिलो टेस्टको चौँथो दिन झरेको विकेट ।

३१.५ – पाकिस्तान दोस्रो इनिङमा समेटिएको ओभर । यसअघि पाकिस्तान सन् २००२–०३ सिजनमा शारजाहमा अस्ट्रेलियाविरुद्ध २४.५ ओभरमा समेटिएको थियो ।

४६ – पाकिस्तानका अन्तिम ७ विकेटमा जोडेको रन । उनीहरु ७७ रनमा २ को स्थितिमा रहेको बेला १२३ रनमा अल आउट भए ।

– ५ विकेट लिँदा यासिर शाहले १ सय रन भन्दा बढी खर्चेको अवसर । यस टेस्टमा उनले १२१ रन खर्चेर ५ विकेट लिए । यसैअघि उनले ५ विकेट लिँदा सबैभन्दा बढी खर्चेको भनेको ९६ रन थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल