पटक–पटक पड्किरहेको सामसङ नोट सेभेनलाई सोधिएका महत्वपूर्ण प्रश्न

कार्तिक १  |   बीबीसी

पटक–पटक पड्किरहेको सामसङ नोट सेभेनलाई सोधिएका महत्वपूर्ण प्रश्न

samsung-note-7सामसङको ग्यालेक्सी नोट सेभेन फोन दोस्रो पटक बजारबाट फिर्ता लिनु दक्षिण कोरियाली कम्पनी र मोबाइल फोन उद्योगको लागि दुखद घटना हो ।

यसभन्दा पहिले पनि ब्याट्रीमा समस्या देखिएपछि उक्त फोनलाई बजारबाट फिर्ता लिइएको थियो । नोकियाले सन् २००७ मा अत्यधिक तातेपछि चार करोड ६० लाख ब्याट्रिहरु फिर्ता मागेको थियो । ती ब्याट्रिहरु ह्यान्डसेटबाट हटाउन मिल्ने थिए ।
पटक पटक पड्किएको र आगो लागेको घटना सार्वजनिक भएपछि नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गर्दै सामसङले यो फोन प्रयोगकर्तालाई भने, ‘तपाईंले अब यो फोन प्रयोग गर्न बन्द गर्नुहोस् । फोनको डाटा ब्याकअप लिनुहोस् र बन्द गरिदिनु ।’

कम्पनीले यो फोनको लागि क्षतीपूर्ती दिने योजना बनाएको छ । ग्राहकलाई कि त पैसा फिर्ता दिइँदैछ, अथवा उनीहरुलाई ग्यालेक्सी एस–सेभेन वा एस–सेभेन एज फोनसहित केही पैसा दिइँदैछ ।

यति हुँदा हुँदै पनि धेरै प्रश्नहरु बाँकी नै छन् जसको जवाफ आउन अझै बाँकी छ ।

फोन आफसे आफ किन जल्छ ?
पछिल्लो महिना सामसङले जब फोन फिर्ता मागेको थियो त्यतिबेला ब्याट्रिको समस्या थियो ।

ब्लूमवर्गको लिक भएको एक रिपोर्ट अनुसार फोन बनाउने क्रममा एक खराबीका कारण ब्याट्री थोरै ठूलो भएको थियो । ठूलो ब्याट्रिलाई फोनमा फिट गराउनका लागि दबाब दिइयो ।

यसको आरोप पार्टपूर्जा बनाउने सामसङ एसडीआईमाथि लगाइयो । पछि फोनमा एटीएल कम्पनीले बनाएको ब्याट्रि राखिने निर्णयसँगै परिवर्तन गरियो । तर उनीहरुको यो तरिकाले पनि काम गरेन । दोस्रो ब्याचको ह्यान्डसेट पनि निकै तातो भयो ।

अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’ का अनुसार सामसङका इन्जिनियरले जब समस्याको समाधान गर्न खोजिरहेको थिए तब उनीहरुले त्यसको ठोस् उपाय निकाल्न सकेनन् । यस विषयमा सामसङका प्रवक्ताले यति मात्र भने, ‘ग्यालेक्सी नोट सेभेनको समस्याको समाधानका लागि हामी सम्बन्धित निकायसँग मिलेर काम गरिरहेका छौं ।’

कतिवटा ग्यालेक्सी सेभेन बने र कति पड्कियो ?
गत मंगलबार यसको उत्पादन बन्द गर्ने घोषणा गर्नुअधि सामसङले अहिलेसम्म कतिवटा फोन उत्पादन गर्यो भन्ने बारे केही पनि जानकारी नदिएको बीबीसीले बताएको छ ।

सुरुवातमा करिब २५ लाख ह्यान्डसेट बजारबाट फिर्ता लिनुपर्ने जानकारी सामसङले गत सेप्टेम्बर २ तारिखमा जानकारी दिएको थियो । यस्तै, नोभेम्बर २७ तारिखमा कोरिया र अमेरिकामा बेचिएका नोट सेभेन ह्यान्डसेटमध्ये ६० प्रतिशतलाई नयाँ फोनले परिवतर्न गरिने जानकारी सामसङले दिएको थियो ।

यो फोन सबैभन्दा बढि यी दुई देशमा बिक्रि भएको थियो । युरोपमा करिब ५० प्रतिशत फोनमात्र बिक्रि हुन सफल भएको थियो । सबै मिलाएर यसको कूल संख्या ४० लाख हुन आउँछ । यदि सिबै कुरा योजना अनुसार भए सामसङले करिब ६० लाख नोट सेभेन बनाउने आइएचएसले सुरुवाती अनुमान गरेको थियो । तर अहिलेसम्म यो पुष्टि भएको छैन कि कतिवटा ह्यान्डसेटमा अत्यधिक तातो हुने समस्या आएको छ ।

सामसङका अनुसार जब उनीहरुले पहिलो पटक फोनलाई बजारबाट फिर्ता लिएको थियो त्यतिबेला उनीहरुले यस्तो प्रकारको ३५ वटा उजुरी पाएका थिए र परिवर्तन गरिएका फोनमा पनि यस्तै समस्या आएका सात घटना मिडियामा सार्वजनिक भएका थिए ।

अहिलेसम्म सबै ह्यान्डसेट के भए ?
आफ्ना फोनलाई फिर्ता लिनका लागि आफूहरुले सबै तरिका अपनाउने सामसङले बताएको छ । अहिले उनीहरु सबै रजिस्टर्ड प्रयोगकर्ताहरुलाई इमेल र नोटिफिकेसन पठाइरहेका छन् । यहाँ यो प्रश्न उठ्छ कि फिर्ता लिइएको ह्यान्डसेटलाई सामसङले के गर्छ ?

कम्पनीका प्रवक्ताले यो फोनको पार्टपूर्जा दोस्रो उत्पादनका लागि प्रयोग गरिन्छ भन्ने प्रश्नको उत्तर दिन अस्विकार गरे ।
तर पर्यावरण हितका लागि काम गर्ने समूह फ्रेन्ड्स अफ अर्थले यो कामलाई पूरा जिम्मेवारीपूर्वक गर्ने अपिल गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल