एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक

असाेज ३०

एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक

afc-solidarity-cupकाठमाडौँ- एसियाली फुटबल महासङ्घ (एएफसी)ले मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ ।

आगामी कात्तिक १७ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा ब्रुनाई र टिमोर लेस्टेसमेत छन् । त्यसैगरी, समूह ‘बी’मा श्रीलङ्का, मकाउ, मङ्गोलिया र लाओस रहेका छन् ।

नेपालले पहिलो खेल कात्तिक २० गते टिमोर लेस्टेसँग तथा दोस्रो खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ३० गते हुनेछ । एएफसीले सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कपबाट बाहिरिएका टोलीबीच पहिलो पटक एएफसी सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

विश्वकप छनोटबाट बाहिरिएका एसियाली टोलीले लामो समयसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने स्थिति आएपछि एएफसीले सोलिडारिटी कप आयोजना गरेको हो । उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल