शकिराको मौसमसम्बन्धि ज्ञानले प्रेममा पागल भए पिके

असोज ३०

शकिराको मौसमसम्बन्धि ज्ञानले प्रेममा पागल भए पिके

म्याड्रिड – बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले शकिरासँग उनको मौसमको बारे भएको जानकारीका कारण प्रेममा परेको खुलासा गरेका छन् ।

कोलब्यिाली गायिकासँग पिके विगत ६ वर्षदेखि सँगै रहेकी छिन् । दुवैको दुई छोरा पनि रहेका छन् ।

shakira-gerard-pique_11zmxxw0bjt2c1kre9swsue96uतर, जब दुवै पहिलो पटक भेटेका थिए, त्यो बेलो वार्तालापको शुरुवात भने निकै असान्दर्भिक प्रश्नले शुरुवात गरेको पिके सम्झन्छन् ।

‘मैले शकिरालाई सन् २०१० को विश्वकपको तयारी गरिरहँदा भेटेको थिएँ । त्यतिबेला वाका वाका गीतको सुटिङ भइरहेको थियो,’ पिकेले टिभीथ्रीसँग कुरा गर्दै भने ।

उनले थपे, ‘प्रेम भने दक्षिण अफ्रिकामा हुँदा भयो । उनी पहिले नै त्यहाँ थिइन् । किनभने उनले उद्घाटन समारोहमा गीत गाएकी थिइन् । म उनीसँग कुरा गर्न चाहन्थे । तर, कसरी कुरा गर्ने भन्ने थाहा थिएन । त्यही भएर मैले उनलाई त्यहाँ कस्तो मौसम छ भनेर सोधे ।’

‘यो निकै मुर्ख प्रश्न थियो, कुनै सामान्य मानिस भएको भए यसको उत्तर भनेको ज्याकेट बोकेर आउ भन्ने हुन्थ्यो,’ पिकेले भने ।

तर, शकिराले भने मौसमविद्ले झैँ मौसमको विस्तृत जानकारी दिएको पिके बताए । जुन कुरा उनले सोचेका पनि थिएनन् ।
‘त्यसपछि मलाई लाग्यो उनीसँग भेट्नुनैपर्छ । अनि मैले उनलाई भेट्नका लागि भने,’ पिकेले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल