भारतीय बल हाबी हुँदा साउथी र ल्याथमले जोगाए न्युजिल्याण्डलाई

असोज ३०

भारतीय बल हाबी हुँदा साउथी र ल्याथमले जोगाए न्युजिल्याण्डलाई

धर्मशाला – भारतबिरुद्धको पहिलो एकदिवसीय खेलमा न्युजिल्याण्ड मात्र ४३.४ ओभरमा १ सय ९० रन सिमित बनेको छ ।

भारतीय बलरहरु हाबी भएको खेलमा न्युजिल्याण्डलाई टोम ल्याथम र टिम साउथीले २ सय रनको नजिक स्कोर तर्फ डोर्याएका थिए ।
253564-3मध्यक्रमको ब्यटासम्यानलाई ध्वसत बनाउने क्रममा हार्दिक पाण्डेय र उमेश यादवले क्रमशः ३ र २ विकेट लिएपछि न्युजिल्याण्ड १९ औं ओभरमा ६ विकेटको क्षतिमा ६५ रनको दयनिय स्थितिमा रहेको थियो । न्युजिल्याण्डका मध्यक्रममा ४ ब्याटसम्यानले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् ।

त्यसपछि केदार जादभले २ विकेट लिएपछि न्युजिल्याण्ड ३२ औं ओभरमा ८ विकेटको क्षतिमा १०६ रनको स्थितिमा पुग्यो ।

त्यसबेलासम्म ओभर ल्याथममात्र टिकेका थिए । त्यसपछि आएका साउथीले विस्फोटक ब्याटिङ गर्दै ६ चौका र ३ छक्काको मद्दतले ५५ रन बनाए । भारतमा १० र ११ औं नम्बरमा आएर अर्धशतक बनाउने उनी पहिलो न्युजिल्याण्डका खेलाडी हुन् । उनी अमित मिश्राको बलमा क्याच आउट भए । मिश्राले खेलमा दुई विकेट लिए ।

ल्याथमले निकै सम्हालिएको पारी खेल्दै नटआउट रहँदै ७९ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का प्रहार गरे ।

उनैको मद्दतले न्युजिल्याण्डले सम्मानजक स्कोर खडा गर्न सफल भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल