दुई पेनाल्टी चुक्दा सिटी बराबरीमा रोकियो

असोज ३०

दुई पेनाल्टी चुक्दा सिटी बराबरीमा रोकियो

3969c57800000578-3839694-image-a-82_1476548201544म्यान्चेस्टर – एभरटनका गोलकिपर मार्टिन स्टेक्लेनबर्गले म्यान्चेस्टर सिटीका दुई खेलाडीको पेनाल्टा रोकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

शिर्ष स्थानमा रहेको सिटीका लागि पहिलो हाफमा केभिन डि ब्रुयेनले प्रहार गरेको पेनाल्टी डच गोलकिपरले रोके भने दोस्रो हाफमा सर्जियो एगुएरोको पेनाल्टी पनि उनले बचाउ गरेका थिए ।

खेलमा नियन्त्रण राखे पनि रोमेलु लुकाकुको गोलको मद्दतले एभर्टनले अग्रता लिएको थियो । तर, ८ मिनेटपछि नै नोलिटोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

3969540400000578-3839694-image-m-38_1476545342607
खेलको अन्त्यतिर डि ब्रुयेनको प्रहार स्टेक्लेनबर्गले रोकेपछि सिटी जितबाट बञ्चित रह्यो ।

शुरुवाती ६ खेल जितेको सिटी पछिल्लो दुई खेलमा जितविहिन बनेको छ । यसअघि सिटी टोटनहम हटस्पर्ससँग पराजित भएको थियो ।

यसको बावजुद सिटी १९ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ ।

3968d73a00000578-0-image-a-16_1476542104292
उता, १० खेलाडीमा सिमित आर्सनलले स्वान्सी सिटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको ३३ मिनेटभित्र थियो वाल्कोटको दुई गोलको मद्दतले आर्सनलले २–० को अग्रता बनाएको थियो । तर, जिल्फी सिगर्डसनले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए ।

खेलको दोस्रो हाफमा मेसुट ओजिलले एलेक्सिस सान्चेजको पासमा गोल गर्दै दुई गोलको अग्रता बनाए । तर, बोरजाको गोलको मद्दतले स्वान्सीले खेल ३–२ को स्थितिमा पुर्यायो । लगत्तै ग्रानिट जाका रातो कार्ड खाँदै मैदान छाड्न परेपछि खेलको २० मिनेट आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।

39696a3b00000578-0-image-a-66_1476545760460
त्यसपछि कुनै गोल हुन सकेन र खेल आर्सनलले आफ्नो पक्षमा पार्यो ।

८ खेलपछि आर्सनलको पनि समान १९ अंक रहेको छ ।

हिजै भएको अर्को खेलमा टोटनहम भने वेस्ट ब्रोमसँग १–१ को बराबरीमा रोकिएपछि तेस्रो स्थानमा खस्किएको छ ।

396806ff00000578-0-image-a-15_1476533519810
चेल्सीले भने डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

चेल्सीलाई जित दिलाउन डिएगो कोस्टा, एडिन हजार्ड र भिक्टर मोजेजले एक–एक गोल गरे ।

पराजयसँगै लेस्टर लिगको १३ औं स्थानमा खस्किएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल