रियल, एथ्लेटिको र वार्साको गोलको वर्षा

असोज ३०

रियल, एथ्लेटिको र वार्साको गोलको वर्षा

396aca4900000578-0-image-a-37_1476578139359म्याड्रिड – यानिक कारास्कोको ह्याट्रिकको मद्दतले ग्रानाडालाई ७–१ गोलको भारी अन्तरले पराजित गर्दै एथ्लेटिको म्याड्रिड ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ ।
सेभियाले लेगानेसलाई ३–२ ले पराजित गरेपछि केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो ।

ग्रानाडाका आइस्याक कुएन्काले खेलको १८ औं मिनेटमा गोल गर्दै एथ्लेटिको लाई स्तब्ध बनाएको थियो । तर, त्यसपछि एथ्लेटिकोले लगातार गोलको वर्षा गरेको थियो ।

कारास्कोले ६१ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै खेल ३–१ को स्थितिमा पुर्याए । त्यसपछि अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका निकोलास गाइटानले २ गोल थपे ।

खेलको अन्तय तिर २ मिनेटको अन्तरालमा एन्जल कोरेया र टियागोले गोल गर्दै एथ्लेटिकोलाई सहज जित दिलाए ।

८ खेलबाट एथ्लेटिकोको १८ अंक रहेको छ ।

396af5b000000578-3840002-image-a-4_1476561727271
अर्को खेलमा रियल म्याड्रिडले पनि रियल बेटिसलाई पराजित गर्दै एथ्लेटिकोमाथि दबाब कायम राखेको छ । जितपछि रियलको पनि समान १८ अंक रहेपनि गोलअन्तरले आधारमा दोस्रो स्थानमा रहेको छ ।

चार खेलमा बराबरीको श्रृंखला अन्तय गर्दै रियलले बटिसलाई ६–१ गोलअन्तरले पराजित गर्न सफल रह्यो ।

रियलले खेलको चौँथो मिनेटमा नै राफायल भारानको गोलको मद्दतले अग्रता लिएको थियो ।

त्यसपछि इस्कोले दुई तथा करिम बेन्जेमा, मार्सेलो र रोनाल्डोले एक–एक गोल थपे ।
बेटिसका लागि अल्भारो सेजुडोले एक सान्तवना गोल गरे ।

हिजै भएको अन्य खेलमा बार्सिलोनाले डिर्पोटिभो ला कोरुनालाई ४–० गोल अन्तरले हरायो ।

लियोनेल मेस्सी चोटबाट फर्किएको खेलमा १० खेलाडीमा सिमित बनेको डिर्पोटिभोमाथि बार्साले गोलको वर्षा गर्यो ।

39697e5c00000578-3839658-image-a-28_1476546433451
राफिनाको दुई तथा लुइस सुवारेजको एक गोलको मद्दतले हाफटाइम अघि नै बार्सिलोनाले ३–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा मेस्सीले एक गोल थपे ।
नेयमारलाई कुहिनाले हिर्काएपछि डिर्पोटिभोका लाउरे रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।

८ खेलपछि बार्सिलोना १६ अंक सहित चौँथो स्थानमा सिमित बनेको छ ।

अब बार्सिलोनाले आगामी च्याम्यिन्स लिगको खेलमा आफ्नो पूर्व प्रशिक्षकको नेतृत्वमा रहेको म्यान्चेस्टर सिटीसँग भिड्ने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल