रैनाले पहिलो एकदिवसीय गुमाउने

असोज २९

रैनाले पहिलो एकदिवसीय गुमाउने

नयाँ दिल्ली – सुरेश रैनाले आइतबार हुने न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय खेल गुमाउने भएका छन् । भाइरल ज्वरो आएपछि उनी खेलमा सहभागी हुन नसक्ने बताइएको छ ।

उनी अस्वस्थ भए पछि उनले उत्तर प्रदेशबाट रञ्जी ट्रफीअन्तरगत मध्य प्रदेशविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । रैना टोलीको कप्तान घोषित गरिए पनि बिरामी भएपछि उनले दुवै इनिङमा ब्याटिङ गर्न सकेनन् । खेल युपीले एक इनिङ र ६४ रनले गुमाए ।

Suresh Raina
सन् २०१५ को अक्टोबरमा भारतका लागि पछिल्लो पटक एकदिवसीय खेलेका रैनालाई पाँच खेलको सिरिजका लागि पुनः टोलीमा समावेश गरिएको थियो ।

रविचन्द्र आश्विन र रविन्द्र जडेजालाई आराम दिएपछि भारतीय क्रिकेट टिमको छनौट समितिका अध्यक्ष एमएसके प्रसादले रैनाको अलराउण्ड प्रदर्शन गर्न सक्ने क्षमताको लागि टिममा पुन बोलाइएको बताएका थिए ।

एसिया कप र विश्व टी–२० मा खराब प्रदर्शनपछि उनी टोलीबाट हटाइएका थिए । उनले पछिल्ला २६ इनिङमा मात्र एक शतक बनाउन सफल भएका थिए ।

उनको स्थानमा कसलाई टोलीमा समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल