अझै धेरै वर्ष रियलमा रहने मेरो सपना : रोनाल्डो

असोज २९

अझै धेरै वर्ष रियलमा रहने मेरो सपना : रोनाल्डो

म्याड्रिड – गत सिजन निकै सफल बिताएका क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड अझ धेरै वर्ष विताउने आफ्नो ‘सपना’ रहेको बताएका छन् ।

cristiano ronaldoपोर्चुगलका फरवार्डले गत सिजन रियलबाट आफ्नो करियरको तेस्रो च्याम्पियन्स लिग जितेका थिए भने पोर्चुगलबाट फ्रान्समा भएको युरो २०१६ को उपाधि पनि उचालेका थिए ।

३१ वर्षीय रोनाल्डोको रियलसँगको करार सन् २०१८ मा सकिँदैछ ।

मार्का र ला गजेटा डेलो स्पोर्टका पाठकहरुले उनलाई च्याम्पियन्स लिगको नम्बर १ खेलाडी घोषणा गरेपछि बोल्दै रोनाल्डोले रियलमा नै आफ्नो करियरलाई अघि बढाउने आफ्नो योजना रहेको खुलाएका हुन् ।

‘मैले च्याम्पियन्स लिग र युरो जिते । यो मेरो करियर र खेल जीवनको सबैभन्दा सुन्दर पल हो,’ उनले भने ।

‘यसले मलाई यो क्लबका लागि अझै मिहिनेत गर्न प्रेरणा दिन्छ,’ उनले थपे, ‘मेरो सपना भनेकै रियलका लागि अझै खेल्नु हो । म यहाँ अझै धेरै वर्ष रहन चाहन्छु किनभने यो क्लबको लागि मेरो हृदयमा विशेष स्थान छ ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल