डे–नाइट टेस्टमा अजहरको पहिलो तेहोरो सतक

असोज २९

डे–नाइट टेस्टमा अजहरको पहिलो तेहोरो सतक

दुबई – पाकिस्तानका ओपनर अजहर अलीले वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृंखलाको पहिलो टेस्टमा नटआउट रहँदै ३ सय २ रन बनाएका छन् । पाकिस्तानबाट तेहोरो सतक बनाउने उनी चौँथो ब्याटसम्यान बनेका छन् ।

azhar-ali
अजहरले ४६९ बलको समना गर्दै आफ्नो तेहोरो सतक पूरा गरे । यो पाकिस्तानको पहिलो डे नाइट टेस्ट पनि हो । यो टेस्ट गुलाबी रंगको बलले खेलिने गर्छ । अजहरले तेहोरो सतक बनाए लगत्तै पाकिस्तानले ३ विकेटको क्षतिमा ५ सय ७९ रन बनाएर आफ्नो इनिङ समाप्तिको घोषणा गर्यो । दोस्रो दिनको खेल समाप्ति हुँदासम्म वेस्ट इन्डिजले १ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।

खेलको दोस्रो दिन रनरेटलाई बढाउँदै पाकिस्तानले प्रति ओभर ४ रनको औसतले रन बटुलेको थियो । जसको कारण वेस्ट इन्डिजको टोली निकै दबाबमा आएको थियो ।

तर, तोडिएन हानिफको किर्तिमान

११ घण्टा क्रिजमा बिताएका अजहरले आफ्नो इनिङमा २३ चौका र २ छक्का हिर्काए। तर, उनले सन् १९५८ मा हानिफ मोहमदले बनाएको ३३७ रनको किर्तिमान भने तोड्न सकेनन् । उनीपछि इन्जमाम उल हकले श्रीलंकाविरुद्ध ३२९ रन बनाएका थिए । पाकिस्तानका लागि तेस्रो नम्बरमा युनुस खानले ३१३ रन बनाएका छन् ।

पहिलो विकेटका लागि अली र समी असलमले २ सय १५ रनको साझेदारी गरे । यो पाकिस्तानको टेस्ट खेलको इतिहासमा चौँथो ठूलो पार्टनरसिप हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल