महिला ग्राहकको अन्तरंग तस्विर चोरेर सेयर गर्ने एप्पलका कर्मचारीहरु बर्खास्त

एजेन्सी  |   असोज २८

महिला ग्राहकको अन्तरंग तस्विर चोरेर सेयर गर्ने एप्पलका कर्मचारीहरु बर्खास्त

appleसिड्नी – महिला ग्राहकहरुको अन्तरंग तस्विर चोरेर सेयर गरेको आरोपमा अस्ट्रेलियाको ब्रिसबेनस्थित एप्पल स्टोरका कयौं कर्मचारीलाई कम्पनीले निश्काषित गरेको छ ।

ब्रिसबेनको कुरियर मेलले प्रकाशित गरेको रिपोर्टमा ती कर्मचारीहरुले महिला ग्राहक तथा सहकर्मीको अन्तरंग तस्विरहरु चोरेर उनीहरुको शरीररलाई १० अंकमा कति अंक दिने भन्ने खेल खेल्ने गरेको उल्लेख छ ।

रिपोर्ट प्रकाशित भएपछि केही कर्मचारीहरु निश्कासित गरिएको र छानविन शुरु गरेको एप्पलले जनाएको छ ।

कुरियर मेलले कम्तिमा १०० जनाको तस्विरहरु एप्पलका कर्मचारीहरुले चोरेको दाबी गरेको छ । फोन बनाउन आएका एक ग्राहकको तस्विरहरु हेरिरहेको एप्पलकै अर्को कर्मचारीले देखेपछि उक्त कुराको खुलासा भएको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल