पाकिस्तानको सबैभन्दा सुन्दर मानिएकी फुटबल खेलाडीको निधन

असोज २८  |   एजेन्सी

पाकिस्तानको सबैभन्दा सुन्दर मानिएकी फुटबल खेलाडीको निधन

shahlyla-baloch-2कराची – पाकिस्तानी फुटबल टोलीको सबैभन्दा सुन्दर तथा उत्कृष्ट खेलाडी मानिएकी २० वर्षिया शाहलैला बलोचको कार दुर्घटनामा निधन भएको छ । आफ्नो दिदीसँग घर फर्कने क्रममा उनी सवार कार अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएको थियो । उनको घटनास्थलमा मृत्यु भयो ।

पाकिस्तानको क्वैतामा सन् १९९६ मार्च १२ मा जन्मिएकी बलोचले ७ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् ।

उनी पाकिस्तानको राष्ट्रिय फुटबल टोली तथा बलोचिस्तान युनाइटेडबाट फुटबल खेल्थिन् ।

उनको खेलको साथसाथै सौन्दर्यको कारण धेरै पाकिस्तानी फुटबल समर्थक उनको फ्यान थिए ।

विदेशी भूमिमा ह्याट्रिक गर्ने उनी पहिलो पाकिस्तानी महिला खलाडी थिइन् । उनले सन् २०१४ को एसियाली खेलकुदमा पनि पाकिस्तानको प्रतिनिधित्व गरेकी थिइन् ।

उनले हालैमात्र मालदिभ्सको सन क्लबसँग अनुबन्ध गरेकी थिइन् ।

shahlyla-1021x580 bt-sh-640x757

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल