मेस्सी बिना अर्जेन्टिनाको बिजोग !

असोज २७

मेस्सी बिना अर्जेन्टिनाको बिजोग !

ब्युनोस आयर्स – जब कोपा अमेरिकामा बेहोरेको हारपछि लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे, उनलाई आफ्नो निर्णय फिर्ता लिन लगाउन देशको राष्ट्रपतिदेखि उनको समकक्षीसम्मले प्रयास गरे । उनी फर्किउन् भनेर अर्जेन्टिनाको राजधानीमा ठूलो र्याली समेत आयोजना गरियो । स्टार टोलीले भरिएको अर्जेन्टिनामा एउटा खेलाडीका लागि किन यत्ति मरिहत्ते ? केहीले प्रश्न पनि गरे ।

तर, कप्तान मेस्सी टोलीमा हुँदा र नहुँदा अर्जेन्टिनाको आँकडा हेर्यो भने किन यति धेरै मरिहत्ते गरियो भन्ने प्रमाणित पनि हुन्छ ।

lionel-messi-argentina-uruguay-eliminatorias-sudamericanas-01092016_1s5svg5uyqg2f1l0vnqrsiei67
गत बिहिबार घाइते मेस्सी बिना मैदानमा पेरुविरुद्ध उत्रेको अर्जेन्टिनाको खेल सन्तोषजनक थिएन । त्यसपछि मंगलबार त झन् पाराग्वेसँग आफ्नै घरेलु मैदानमा पराजित भयो ।

विश्वकप छनौट खेलमा मेस्सी भाग नलिएको यो सातौं खेल थियो । र, उनीबिना टोलीले राम्रो नतिजा निकाल्न सकेको छैन ।

मेस्सी टोलीमा हुँदा भने अर्जेन्टिनाले शत प्रतिशत नतिजा निकाल्ने गरेको छ । मेस्सी खेलेको खेलमा अर्जेन्टिना चिली, बोलिभिया र उरुग्वेविरुद्ध विजयी भएको थियो । यसक्रममा ४ गोल गर्दै एक मात्र गोल खाएको थियो ।

तर, मेस्सीले गुमाएका ७ खेलमा अर्जेन्टिनाले मात्र १ खेल जितेको छ । त्यो पनि सन् २०१५ मा कोलम्बिया विरुद्ध ।

छनौटको शुरुवातमा अर्जेन्टिना इक्वेडरसँग पराजित भएको थियो पारग्वे र ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

तर मेस्सीबिना लगातार तीन खेलमा जीतविहिन बनेको अर्जेन्टिना सम्भावित २१ अंकबाट मात्र ७ अंक बटुल्न सकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल