नेयमारलाई किन्न विश्वकिर्तिमानी रकम खर्चदै पीएसजी

असोज २७

नेयमारलाई किन्न विश्वकिर्तिमानी रकम खर्चदै पीएसजी

पेरिस – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले ब्राजिल तथा बार्सिलोनाका स्टार नेयमारलाई अनुबन्ध गर्न किर्तिमानी रकम खर्च गर्ने तयारी गरेको छ । गोल डटकमका अनुसार अगामी सिजन नेयमारलाई क्लबमा भित्र्याउन २२२ मिलियन युरो खर्चने तयारी गरेको हो ।

neymar-open-to-dream-psg-move
यसअघि क्लबले रियल म्याड्रिडका स्टार स्ट्राकइर क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याउने प्रयास गरे पनि असफल भएको थियो । त्यसपछि क्लबले नेयमारतर्फ हात बढाएको थियो ।

यस सिजनको शुरुवातमा नै क्लबका प्रतिनिधिहरुले नेयमारलाई भेटेर लियोनेल मेस्सीले हाल बार्सिलोनामा कमाइरहेको तलब दिने अफर गरेका थिए । अहिले पनि क्लबका अधिकारीहरु निरन्तर सम्पर्कमा रहेका छन् ।

यस सिजन नै नेयमार पीएसजी जाने सम्भावना रहे पनि अन्त्यमा नेयमारले बार्सिलोनासँग वार्षिकरुपमा २५ मिलियन युरो कमाउने गरी पुनः करार गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल