वार्नरको शतक खेर जाँदा अस्ट्रेलिया ह्वाइट वास

असोज २७

वार्नरको शतक खेर जाँदा अस्ट्रेलिया ह्वाइट वास

केप टाउन – डेभिड वार्नरको उत्कृष्ट १ सय ७३ रन खेर जाँदा अस्ट्रेलिया दक्षिण अफ्रिाका विरुद्धको पाँचौ एकदिवसीय खेलमा ३१ रनले पराजित भएको छ । जितसँगै दक्षिण अफ्रिाकाले ५ खेलको सिरिज ह्वाइट ह्वास गरेको छ । अस्ट्रेलियाविरुद्ध यस्तो उपलब्धि हासिल गरेको दक्षिण अफ्रिाकाको यो पहिलो अवसर हो ।

253407-3३ सय २८ रनको विशाल लक्ष्य पछ्याइरहेको अस्ट्रेलयाका लागि वार्नरले मात्र उत्कृष्ट खेल प्रदर्शन गरे । उनले १३६ बलको सामना गर्दै १ सय ७३ रन बनाए पनि अन्य ब्याटस्म्यान जम्न नसक्दा अस्ट्रेलिया लगातार पाँचौ पटक पराजित बन्यो । मिचेल मार्स र टिम हेडले समान ३५ रनको योगदान दिए भने अन्य सात ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

अस्ट्रेलियाको इनिङ ध्वस्त पार्ने क्रममा कायल एबट, कागिसो रबाडा र इमरान ताहिरले २–२ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि राइली रुसोले १ सय २२ दिए निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २७ रन बनाएको थियो ।

सिरिजभर अस्ट्रेलियाका अनुभवहिन बलरहरुले दक्षिण अफ्रिकाका ब्याटसम्यानहरुलाई रोक्न सकेनन् भने वार्नर बाहेक अस्ट्रेलियाका कुनै ब्याटसम्यान चल्न सकेनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल