मेस्सी बिनाको अर्जेन्टिना पराजित, ब्राजिल शीर्ष स्थानमा

मेस्सी बिनाको अर्जेन्टिना पराजित, ब्राजिल शीर्ष स्थानमा

3952048900000578-3833413-image-a-77_1476242615607ब्रासिलिया – दक्षिण अमेरिकी विश्वकप छनौटमा भेनेजुएलालाई पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा उक्लेको छ । कोलम्बिया र उरुग्वे बराबरीमा रोकिएपछि त्यसको फाइदा उठाउँदै ब्राजिल शीर्ष स्थानमा उक्लेको हो ।

ब्राजिललाई जीत दिलाउन ग्याब्रियल जिसस र विलयानले एक–एक गोल गरे ।

खेलको ७४ औं मिनेटमा स्टेडियमको बत्तिमा समस्या आएपछि खेल केहीबेर अवरुद्ध बनेको थियो ।

39520e8d00000578-3833413-image-a-99_1476243847336जीतपछि १० खेलबाट ब्राजिलको २१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको उरुग्वेको २० अंक रहेको छ ।

उता, सन्यासबाट फर्केका कप्तान लियोनेल मेस्सीबिनै मैदानमा उत्रेको अर्जेन्टिना आफ्नै घरेलु मैदानमा पाराग्वेसँग १–० ले पराजित बनेको छ ।

argentina-paraguay-eliminatorias-sudamericanas-11102016_pl3gm6xuyuxw1h8ga87n2on9nसर्जियो एगुएरोले पेनाल्टीलाई गोलमा परिणत गर्न चुक्दा पाराग्वेका डेरलिस गोन्जालेजले निर्णायक गोल गरे ।

गत हप्ता पेरुसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनाका प्रशिक्षकले टोलीमा तीनवटा परिवर्तन गरे पनि जितबाट बञ्चित भए ।

पराजयसँगै अर्जेन्टिना पाँचौं स्थानमा सिमित बनेको छ ।

उता अर्टुरो भिडालको दुई गोलको मद्दतले चिलीले पेरुलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल