एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन: क्यान

भदौ १६

एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिकता छैन: क्यान

काठमाडौँ – नेपालको उन्नाइस वर्षमुनि (यु–१९) क्रिकेट टोली मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा परेको छ ।

canनेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कुबेतलाई पराजित गरेको छ भने अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

एक हारका बाबजुद नेपाल अफगानिस्तान र मलेसियासँगै प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपका लागि छनोटमा भएको विभिन्न सञ्चारमाध्यमले बताएका छन् । तर नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने एसियाली क्रिकेट महासङ्घ (एसिसी) नै खारेज भएको अवस्थामा केवल औपचारिकताका लागि प्रतियोगिता भएकाले एसिया कप हुने नहुने अन्योल रहेको जनाएको छ ।

क्यानका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यले भने , “अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अहिलेसम्म नेपाल छनोट भएको भनेर आधिकारिक जानकारी दिएका छैनन् ।”

कार्यवाहक महासचिव बज्राचार्यले मलेसियामा जारी प्रतियोगिताबाट नेपाली युवा खेलाडीले विश्वकप छनोटको तयारीका लागि राम्रो अवसर लिइरहेको बताए  ।

नेपाल अघिल्लो वर्ष कुवेतमा भएको प्रतियोगिताबाट यु–१९ विश्वकप ‘प्ले अप’का छनोट भएको छ भने दोस्रो चरणमा यही अक्टोबरमा मलेसियामा हुने छनोट प्रतियोगितामा खेल्नेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल