ह्वाटसएपमा नयाँ क्यामेरा फिचर

असोज १९

ह्वाटसएपमा नयाँ क्यामेरा फिचर

इन्सट्यान्ट मोबाइल मेसेजिङ एप ह्वाटसएपमा फोटो र भिडियोलाई इडिट र इनहान्स गर्न मंगलबारदेखि नयाँ फिचरहरु थप गरेको छ ।

नयाँ क्यामेरा फिचरमा अब प्रयोगकर्ताले फोटो र भिडियोमा लेख्ने र चित्र बनाउने देखि इमोजीहरु राख्न पाउनेछु ।

whatsapp
‘अब तपाइँहरुले नयाँ भिडियो या फोटो खिच्दा वा भएको फोटो वा भिडियोमा नयाँ फिचर पाउनुहुनेछ,’ ह्वाटसएपले आफ्नो पोष्टमा भनेको छ ।

त्यस्तै भिडियो रेकर्डिङ गर्दा जुम गर्ने सजिलो फिचरमा ह्वाटसएपमा थपिएको छ ।

मात्र औँला माथि तल तान्दा जुम इन र जुम आउट हुन्छ र अघिल्लो फ्ल्यासलाई पनि सर्पोट गर्छ ।

एन्ड्रोइड फोनमा मंगलबार शुरु भएको यो फिचर केही समयपछि एप्पल आइफोनमा पनि उपलब्ध हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल