पारा टेटेलाई नविताको डेढ लाख बराबरको सहयोग

असाेज १५  |   रासस

पारा टेटेलाई नविताको डेढ लाख बराबरको सहयोग

काठमाडौँ- पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस सङ्घलाई खेल सामग्री सहयोगस्वरुप प्रदान  गरेकी छन् ।

सङ्घमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल पाँच दर्जन, मल्टी बल २५ दर्जन, टिसर्ट ३४ थान, नेट चार थान, रबर र रबर प्रोटेक्टर आठ–आठ थान, साइड टेप १२ थान, जुत्ता एक जोर, ¥याकेट कभर १२ थान र ब्याग पाँच थान प्रदान गरिएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा नविताले सङ्घका अध्यक्ष दीपक केसीलाई उक्त सामग्री हस्तान्तरण गरिन् । करिब रु एक लाख २० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको हो । नविताले विभिन्न कार्यक्रममा पाएको पुरस्कारको रकमबाट उक्त सामग्री खरिद गरेर वितरण गरिएको बताइएको छ ।

नविता २०६७ सालदेखि निरन्तर च्याम्पियन हुन । नविताले भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग)को महिला युगलमा आफ्नै नन्द एलिनासँग मिलेर काँस्य पदक जितेकी थिइन् । नविताकी अर्की नन्द एरिका पनि टेबलटेनिस खेलाडी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड–२०७२ को उपाधि पनि उनले जितेकी थिइन्  ।

बाह्रौँ सागको तयारीका लागि थाइल्यान्डमा रहेका बेला पारा टेबलटेनिस खेलाडीबाट प्रभावित भएर यहाँका पारा टेबलटेनिस खेलाडीलाई सहयोग गरेको नविताले बताइन् ।

गुरुङ सम्मानित
नेपाल तेक्वान्दो सङ्घका महासचिव दीपराज गुरुङ सम्मानित भएका छन् । दसैँलगायत विभिन्न चाडपर्वको उपलक्ष्यमा काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले तेक्वान्दो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएबापत सम्मान गरेको हो ।

यहाँ आज आयोजित कार्यक्रममा आपूर्ति मन्त्री दीपक बोहराले गुरुङलाई कदरपत्र प्रदान गरी सम्मान गरे । सो अवसरमा मन्त्री बोहराले तेक्वान्दोको विकासका लागि प्रस्ताव ल्याए आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल