दोस्रो कालीपुल युनाईटेड फुटबल प्रतियोगिता सुरु

१५ असोज  |   सन्तोष गौतम

दोस्रो कालीपुल युनाईटेड फुटबल प्रतियोगिता सुरु

म्याग्दी –बेनीमा शनिबारदेखि दोस्रो कालीपुल युनाईटेड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कालीपुल युनाईटेड कल्वले बडादसैं पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको छ ।

५ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख ११ हजार १११ र ६६ हजार ६६६ रुपैया नगद पुरस्कार हात पार्नेछन् ।dsc04715

सेमीफाईनलमा पुग्ने दुई टिमलाई ११ हजार १११ रुपैया उपलब्ध गराइने आयोजकले जनाएका छन् । प्रतियोगिता सञ्चालन गर्न आठ लाख ७५ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणाका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, मिडफिल्डर र गोलकिपर छनौट गरि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुदै पहिलो राष्ट्रिय पञ्चायतका सदस्य बलमान पुनले जिल्लाको विकासका लागि अनुकुल वातावरण बनेकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जिल्ला स्तरमा आयोजना हुने प्रतियोगितामा खेलाडीले प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको बताउदै उनिहरुलाई राष्द्रिय स्तरसम्म पु¥याउन समितिले पहल गर्ने बताए ।

उद्घाटन खेलमा आयोजक कल्वको निलो समूहले क्याम्पसचोक बिलाई १ का विरुद्ध बिच भएको ५ गोल गर्दै बिजयी सुरुवात गरेको छ ।

कालीपुलका ब्याक मिडफिल्डर म्यान अफ द म्याच भएका छन् । कल्बका अध्यक्ष सन्तोष तिलीजाको अध्यक्षता, उपाध्यक्ष राजु छन्त्यालको स्वागत तथा सोनिया पुन र देव छन्त्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल