नोट सेभेनपछि सामसुङको वासिङमेसिन पड्कियो

असोज १४  |   एजेन्सी

नोट सेभेनपछि सामसुङको वासिङमेसिन पड्कियो

वासिङटन – नोट सेभेन स्मार्ट फोनको ब्याट्रीहरु पड्कन थालेपछि फोनहरुलाई फिर्ता लिन बाध्य भएको सामसुङको वासिङमेसिन पनि पड्किएको समाचार आएको छ ।

कोरियाली कम्पनीले वासिङमेसिन पड्किएको मुद्दा अमेरिकामा दर्ता भएको र यस विषयमा छलफल भइरहेको पुष्टि गरेको हो ।

_91417612_gettyimages-461061560अमेरिकाको एउटा लफर्मले दक्षिण कोरियाली टेक निर्माता कम्पनीबिरुद्ध वासिङमेसिन पड्किएको र यसले प्रयोगकर्तामाथि खतरा रहेको भन्दै मुद्दा दर्ता गरेको छ ।

सामसुङका अनुसार सन् २०११ को मार्च देखि अप्रिल २०१६ सम्म बिक्री भएका केही वासिङमेसिनमा समस्या देखिएको बताएको छ ।

समस्या देखिएको वासिङमेसिनमा तन्नाजस्ता ठूला कपडा धुँदा समस्या देखिएको कम्पनीले बताएको छ । कम्पनीले आफ्ना प्रयोगकर्तालाई आफूले किनेको वासिङमेसिनको सिरियल नम्बर जाँच गरेर प्रभावित मोडल रहेको पत्ता लागे कम गतिमा मात्र वासिङमेसिन चलाउन आग्रह गरेको छ ।

सामसुङले कुन मोडलमा समस्या देखिएको नबताए पनि ग्राहकलाई आफूले खरिद गरेको मोडल प्रभावित भएको या नभएको थाहा पाउन सिरियल नम्बर जाँच गर्ने सुविधा दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल