भाइरल भिडियो : आफूमाथि जाइलाग्ने खेलाडीसँग यसरी भिडे रेफ्री (भिडियो)

असोज १४  |   एजेन्सी

भाइरल भिडियो : आफूमाथि जाइलाग्ने खेलाडीसँग यसरी भिडे रेफ्री (भिडियो)

red cardहरोरे – जिम्बाब्वेका एक रेफ्रीले खेलाडीसँग मैदानमा भिड्दै गरेको भिडियो फुटबलप्रेमीबीच निकै भाइरल बनेको छ । रातो कार्ड देखाएको रिसमा हातपातमा उत्रिएका खेलाडीमाथि खेलमा अनुशासन कायम राख्ने जिम्मा पाएका रेफ्रीनै हातपातमा उत्रन्छन् ।

साउदर्न रिजन डिभिजन वान अन्तरगत गत आइतबार भएको खेलमा रेफ्री बेकेजेला माकेकाले भिक्टोरिया फल्स टाइगरका लेथुकुथुला माथेलाई फल हानेपछि रातो कार्ड देखाएका थिए । तर, मैदान छाड्नु सट्टा उनी रेफ्रीमाथि नै जाइलाग्छन् ।
माथे रेफ्रीमाथि मुक्का बर्साउन थालेपछि मोकेकाले त्यसको प्रतिवाद गर्छन् । केही बेरमा नै अन्य अफिसियल र खेलाडी आएर झगडालाई छुट्याउँछन् ।

हेर्नुहोस् भिडियो :

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल