आर्सनलद्वारा बासेल पराजित, छ गोलको थ्रिरलमा सिटी रोकियो

असोज १३

आर्सनलद्वारा बासेल पराजित, छ गोलको थ्रिरलमा सिटी रोकियो

_91416471_walcott-main-rexलण्डन – आफ्नो घरेलु मैदानमा एफसी बासेललाई पराजित गर्दै आर्सनल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।

थियो वाल्कोटले पहिलो हाफमा दुई गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।

बासेलको गोलकिपर टोमास भास्लिकले एलेक्सिस सान्चेज र हेक्टर बेलेरिनको प्रहार उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको आर्सनलको प्रतियोगितामा पहिलो जित हो ।

केही दिन अघि मात्र प्रिमियर लिगमा चेल्सीलाई ३–० ले स्तब्ध पारेको आर्सनलले च्याम्पियन्स लिगमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

_91416295_sterling2
उता, ६ गोल भएको रोमाञ्चक खेलमा म्यान्चेस्टर सिटी भने सेल्टिकसँग रोकिएको छ । सेल्टिकको घरेलु मैदानमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो ।

पहिलो हाफमा माउसा डेम्बेले र राहिम स्टर्लिङको आत्मघाती गोलको मद्दतले सेल्टिकले दुई पटक अग्रता बनाए पनि फर्नान्डिन्हो र स्टर्लिङले सिटीलाई खेलमा फर्काएका थिए ।

खेलको दोस्रो हाफमा डेम्बेलेको गोलको मद्दतले सेल्टिकले पुनः अग्रता लिए पनि खेलको ५५ औं मिनेटमा नोलिटोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

समूह सीमा बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने सिटी ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । सिटी र बार्सा अक्टोबर १९ मा भिड्नेछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल