एथ्लेटिकोसँग बायर्न पराजित, बार्साको संघर्षपूर्ण जीत

असोज १३

एथ्लेटिकोसँग बायर्न पराजित, बार्साको संघर्षपूर्ण जीत

_91416370_carrascoम्याड्रिड – एथ्लेटियो म्याड्रिडले यस सिजन च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजालाई कायम राख्दै जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

यानिक कारास्कोले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो ।

एन्टोनियो ग्रिजमानले हानेको पेनाल्टी बारमा लाग्यो भने फर्नान्डो टोरेसको हेडर पनि पोस्टमा लागेको थियो ।

बायर्नका लागि फ्रान्क रिबरी र रोबर्ट लेवान्डोस्कीले अवसर गुमाए ।

कार्लो एन्चेलोटीले बायर्नको प्रशिक्षक सम्हालेपछि बेहोरेको यो पहिलो पराजय हो ।

उता, अर्को स्पेनिस टोली बार्सिलोनाले पनि निकै संघर्षपूर्ण जित निकालेको छ ।

gerard-pique-borussia-monchengladbach-barcelona-champions-league_13izkmhokcxgj13s5oqli9zj3r
अर्को जर्मन क्ल्ब बोरुसिया मोचेनग्लाडब्याचविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले जित हासिल गरेको हो ।

समूह सी अन्तरगतको खेलमा थोरगान हजार्डको गोलको मद्दतले ग्लाडब्याचले खेलमा अग्रता लिएको थियो ।

दोस्रो हाफको अन्त्यतिर आड्रा टुरान र जेरार्ड पिकेले गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

बार्सिलोना घाइते मेस्सी बिनानै मैदानमा उत्रेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल