इपिएल क्रिकेट: विशाल वारियर्स विजयी

असाेज १२  |   रासस

इपिएल क्रिकेट: विशाल वारियर्स विजयी

काठमाडौँ-  एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विशाल वारियर्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा विशाल वारियर्सले जगदम्बा राइनोजलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । टस जितेर फिल्डिङ राजेको विशालले जगदम्बाले दिएको १११ रनको लक्ष्यलाई खेलको १३ ओभरमा तीन विकेट गुमाउँदै आफ्नो लक्ष्य पूरा ग¥यो ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका विशाल वारियर्सका कप्तान पारस खड्काले ५६ रनको योगदान दिए । अडतीस बल खेलेका कप्तान खड्काले अविजित ५६ रन बनाएका हुन् । त्यसैगरी, सागर पुनले २३ र परेश लोहनीले १३ रन जोडे । जगदम्बाका शाह आलमले दुई र शक्ति गौचनले एक विकेट लिए । निर्धारित २० ओभरको खेल पानी परेपछि १६ ओभरमा छोट्याइएको थियो ।

प्रतियोगितामा पहिले ब्याटिङ गरेको जगदम्बाले छ विकेट गुमाएर ११० रन बनाएको थियो । जगदम्बाका अमित श्रेष्ठले ३९ र प्रेम तामाङले २६ रन जोडे । जगदम्बालाई ११० रनमा समेट्ने क्रममा विशालका रामनरेश गिरी एक्लैले तीन विकेट लिए भने सुशन भारी र दिपेश खत्रीले समान एक/एक विकेट लिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल