रोनाल्डोको नखरा

असोज १२

रोनाल्डोको नखरा

38c28f2600000578-3807494-ronaldo_reacts_after_being_taken_off_the_first_time_he_s_been_re-a-16_1474883002222क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट फुटबल खेलाडी मध्ये एक हुन्, यो सबैलाई थाहा छ । र, यो पनि सबैलाई थाहा छ, जब कुनै दिन रोनाल्डोले भनेजस्तो हुँदैन, उनले अनेकौँ नखरा देखाउने गर्छन् ।

यो कुरा मंगलबार राती बोरुसिया डर्टमण्डविरुद्ध च्याम्पियन्स लिगको खेलअघि पनि देखियो ।

खेलअघि वार्मअप गरिरहेका बेला रोनाल्डोले आफ्ना सहकर्मीबाट बल खोस्नुपर्ने हुन्छ । तर, जब उनी त्यसमा असफल हुन्छन्, रोनाल्डोले रियलमा आफ्नो प्रतिद्वन्द्वी मानिएका गेराथ बेलको खुट्टामा आक्रमण गर्छन् । धन्न बेलले पनि कुशलतका साथ त्यसलाई छले, नत्र उनी घाइते पनि हुनसक्थे ।

ronaldo-tantrum-after-hungary-3rd-goal
उनको नखरा त्यतिमात्र रोकिएन, भुइँमा लडेपछि पनि उनले बललाई हिर्काउन भ्याए ।

त्यसपछि प्रशिक्षणकै क्रममा जेम्स रोड्रिग्वेजलाई ठोक्किँदा बल उडेर उनको हातमा लाग्छ । त्यसमा पनि उनले प्रतिक्रिया जनाउँदै रिसाएर बललाई हिर्काएर पर पुर्याउँछन् ।

यसअघि, लास पालमास विरुद्धको खेलको २० मिनेटबाँकी छँदा प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई सब्सिटिट्युट गर्छन् । यसबाट पनि उनी खुसी देखिएनन् । उनी मुर्मुराउँदै मैदानबाट बाहिरिन्छन् । त्यसपछि पनि उनी सहायक प्रशिक्षकसँग पनि वादविवाद गरिरहे ।

यो विषय म्याड्रिडको प्रेसले प्राथमिकताका साथ उठाएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल