थ्री स्टारले सेमिफाइनलमा सिक्किमलाई प्रतिद्वन्द्वी पायो

१२ असोज  |   रासस

थ्री स्टारले सेमिफाइनलमा सिक्किमलाई प्रतिद्वन्द्वी पायो

three-starकाठमाडौँ – भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भयो ।

गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुने पहिलो सेमिफाइनलको विजेताले उपाधिका लागि इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । प्रतियोगिताको विजेताले रु १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् ।

तस्विर : गोल नेपाल

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल