विवादमा तानिएपछि नियुक्त भएको ६७ औं दिनमा इंग्ल्याण्डका प्रशिक्षकद्वारा राजीनामा

असोज १२

विवादमा तानिएपछि नियुक्त भएको ६७ औं दिनमा इंग्ल्याण्डका प्रशिक्षकद्वारा राजीनामा

_91399636_lnp_allardyce_pma_01
लण्डन – विवादमा तानिएका इंग्ल्याण्डका प्रशिक्षक साम एलरडायसले इंग्लयाण्डको फुटबल टोलीको प्रशिक्षकबाट राजीनमा दिएका छन् । नियुक्त भएको ६७ दिन पछि नै फुटबल एसोसियसनसँग आपसी सम्झौतामा प्रशिक्षकको पद त्यागेका हुन् ।

स्टिङ अपरेशनमा ६१ वर्षीय एलरडायसले खेलाडीहरुको ट्रान्सफरमा कसरी नियमहरुलाई छल्याउने सुझाब दिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिकएका थिए ।

एफएले जारी गरेको विज्ञप्तिमा एलरडायसको व्यवहार ‘अनुपयुक्त’ रहेको बताइएको छ । उनको स्थानमा गेराथ साउथगेटले केही समय इंग्ल्याण्डको प्रशिक्षको रुपमा काम गर्ने बताइएको छ ।

एफएका अनुसार एलरडायसले आफ्नो गल्ती स्वीकार गरेको र माफीसमेत मागेको जनाइएको छ ।

सन् २०१६ को युरोकपमा इंग्ल्याण्डको निराशजनक प्रदर्शनपछि गत जुलाईमा रोय हडसनको स्थानमा एलरडायस प्रशिक्षक नियुत्तः भएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल