लगातार तेस्रो पटक बराबरीमा रोकियो रियल

असोज १२

लगातार तेस्रो पटक बराबरीमा रोकियो रियल

म्युनिख – चेल्सीका पूर्व फरवार्ड आन्द्रे सर्लेले खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमन्डसँग २–२ को बराबरीमा रोकिएको छ ।

किर्तिमानी लगातार १७ खेल जितेको रियल सबै प्रतियोगितामा बराबरीमा रोकिएको यो तेस्रो अवसर हो ।

38d93a4a00000578-3810305-image-m-5_1475003949501
मंगलबार राती च्याम्पियन्स लिगको समूह एफ अन्तरगतको खेलमा रियललाई क्रिस्टियानो रोनाल्डोले खेलको पहिलो हाफमा अग्रता दिलाएका थिए । गेराथ बेलको ब्याकहिल पासको फाइदा उठाउँदै रोनाल्डोले गोल गरे ।

तर, पहिलो हाफ सकिन लाग्दा गोल किपर केयलर नाभासको गल्तीको फाइदा उठाउँदै पियरे एमरिक आउबामेयाङको गोलको मद्दतले डर्टमण्ड खेलमा फर्कियो ।

38d95e3300000578-3810305-image-a-22_1475004750860
खेलको दोस्रो हाफमा राफायल भारानले रियललार्ए पुनः अग्रता दिलाए पनि सर्लेको गोलको मद्दतले डर्टमण्डले खेल बराबरी गर्न सफल भयो ।

समूहकै अर्को खेलमा स्र्पोटिङ लिजबनले लेगिया वारसलाई २–० ले पराजित गर्यो । स्र्पोटिङका लागि ब्रायन रुइज र बास डोस्टले एक–एक गोल गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल