१५ बर्ष मुनिको बेसबल प्रतियोगिता आजदेखि शुरु

असोज ११

१५ बर्ष मुनिको बेसबल प्रतियोगिता आजदेखि शुरु

१५ बर्ष मुनिको बेसबल प्रतियोगिता आजदेखि शुरु भएको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा व्यायाम केन्द्रमा आजदेखि बेसबल प्रतियोगिता शुरु भएको हो ।

नकआउटका आधारमा जुनियर लिगको नियमानुसार पाँच इनिङमा सञ्चालन हुने प्रतियोगितामा अहिले सेन्ट जेभियर, आदर्श हिमालय मान्दिर, राइजिङ स्टार, एलआरई र गोर्खा क्रिउ तथा अमेरिकी राजदुतावासको दुई–दुई टोलीबी खेल भइरहेको छ ।

आयोजक दि गोर्खाज क्रिउ क्लब बेसबलका अध्यक्ष दिनेश बजगाईले आजै सेमिफाइनलका खेल हुने र फाइनल खेल भोली दिउँसो ४ बजे अमेरिकी राजदुतावासको खेल मैदान फोहरा दरवारमा बताए । दिनुभयो ।

sport-1प्रतियोगिताको उद्घाटनसत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधब दुलाल, अमेरिकाको बेसबल इन्टरनेसनलका अध्यक्ष जोनी गिलमर लगायतले नेपालमा बेसबलको भविष्य राम्रो देखेको बताए ।  ।

बेसबलका नेपालमा केही प्रतियोगिताहरु सञ्चालनमा आएपनि त्यसले निरन्तरा पाउन नसक्दा बेसबल खेल बिकास र विस्तारको लागि प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष बजगाईंले बताए ।

क्लवले बेसबल खेल बिकास र विस्तारको लागि क्लबले १८ महिना अघिबाट भूकम्प पीडित बालालिकालाई जम्मा गरेर निरन्तर प्रशिक्षण दिदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल