इपिएलमा पञ्चकन्या तेज विजयी

असोज १०

इपिएलमा पञ्चकन्या तेज विजयी

काठमाडौ–वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट अन्र्तगत कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा पञ्चकन्या तेजले जगदम्बा राइनोजलाई ६ विकेटले हराएको छ । सहज जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभर मै जित हात पारेको हो । fb_img_1474801907371
एक ओभरको खेल बाँकी रहेको स्थितिमा पञ्चकन्या तेजले चार विकेट गुमाएर १ सय ३३ रन बनायो । आरिफ सेखले विजयी छक्का प्रहार गरे र ३३ रन बनाएर नटआउट भएका थिए । पञ्चकन्या तेजका खेलाडी पृथु बाँस्कोटा लामो समयपछि क्रिकेटमा फर्केका थिए । जसले ४८ रन लिन सफल भए । उनले ४६ बलको सामना गरी दुई छक्का र चार चौका प्रहार गरे । त्यसैगरी कप्तान शरद भेषवाकरले २५ बलमा चार चौकासहित २७ रन बनाउन सफल भए ।
पञ्चकन्याका तर्फबाट सुशील कडेलले १२ रन खर्चेर तीन विकेट लिन सफल भएका उनी म्यान अफ द म्याचको उपाधि समेत हात पारे । यस अघि सन २०१४ मा धनगढीमा भएको एन.पी.एलमा पन्चकन्या तेज उपाधि विजेता समूह पनि हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल