समस्याग्रस्त सामसुङ नोट सेभनको पुनः बिक्रीमा ढिलाई

असोज १०

समस्याग्रस्त सामसुङ नोट सेभनको पुनः बिक्रीमा ढिलाई

_91376713_gettyimages-585208050सिओल – समस्या देखिएको सामसुङ नोट सेभेन फोन फिर्ता लिन केही समय लाग्ने बताउँदै सामसुङले दक्षिण कोरियामा यसको पुनः बिक्री शुरु गर्न केही समय अझै लाग्ने बताएको छ ।

ब्याट्री तातिने समस्या देखिए पछि दक्षिण कोरियाली टेक्नोलोजी कम्पनीले २५ लाख नोट सेभेनलाई विश्वभरबाट फिर्ता लिने निर्णय गरेको थियो ।

यसबीच दर्जनौं नोट सेभनमा आगोसमेत लागेको मिडियो रिर्पोट आएको थियो ।

फोनलाई यही सेप्टेम्बर २८ देखि सुधारसहित पुनः बिक्रीमा राख्ने बताइए पनि यसको पुनः बिक्री अक्टोबरबाट मात्र शुरु हुने बताइएको छ ।

samsung-note-7-can-blasted-during-charging
समस्या देखिएपछि गत अक्टोबर २ देखि सामसुङले नयाँ नोट सेभेन बिक्री नगर्ने र बिक्री भइसकेकालाई फिर्ता लिने बताएको थियो ।

कोरियामा मात्र २ लाख प्रयोगकर्ताले यो फिर्ता गरिसकेका छन् भने त्यतिनै फिर्ता गर्ने लाइनमा छन् ।

कोरियापछि सामसुङ अस्ट्रेलिया र इन्डोनेसियामा यसको पुनः बिक्री शुरु गर्ने बताएको छ ।

गत शुक्रबार मात्र उडिरहेको भारतीय यात्रुवाहक विमानमा सामसुङको फोन पड्किएपछि खैलाबैला मच्चिएको थियो ।

सन् २०१२ मा लञ्च गरिएको ग्यालेक्सी नोटमा त्यस्तो समस्या देखिएको विमानकम्पनी इन्डीगोले जनाएको छ ।

यता, अमेरिकामा उड्ययन प्राधिकरणले यात्रुलाई विमानमा नोट सेभेन नबोक्न निर्देशन जारी गरेको छ । त्यस्तै अन्य विमान कम्पनीले नोट सेभेनलाई प्रतिबन्धित गरेको छ ।

गत अगस्त १९ मा रिलिज गरिएको नोट सेभेनले बजारमा राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रतिद्वन्द्वी एप्पलले आइफोन सेभेन लञ्च गरेको बेला सामसुङले आफ्नो डिभाइस फिर्ता बोलाइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल