स्पीनरसामु न्युजिल्याण्ड निरिह, भारतसँग १ सय ९७ रनले पराजित

असोज १०

स्पीनरसामु न्युजिल्याण्ड निरिह, भारतसँग १ सय ९७ रनले पराजित

कानपुर – भारतविरुद्धको पहिलो टेस्टमा न्युजिल्याण्ड १ सय ९७ रनको विशाल अन्तरले पराजित भएको छ । जीतका लागि ४ सय ३४ रन पछ्याइरहेको न्युजिल्याण्ड आफ्नो दोस्रो इनिङमा २ सय ३६ रनमा सिमित बन्यो ।

भारतलाई जीत दिलाउन दुई स्पीनिर रविन्द्र जडेजा र रविचन्द्र आश्विन नायक बने । आश्विनले खेलमा १० विकेट लिए भने जडेजाले ६ विकेट लिनुका साथै ब्याटिङमा पनि महत्वपूर्ण योदान दिए ।

252699-3दोस्रो इनिङमा आश्विनले ६ विकेट लिँदै न्युजिल्याण्डलाई धरासायी बनाए । त्यस्तै मोहमद शामीले दुई तथा जडेजाले १ विकेट लिए ।

न्युजिल्याण्डका लागि लुक रोचीले ८० तथा मिचेल स्यान्टनरले ७१ रनको योगदान दिए पनि अन्य ब्याटस्म्यान टिक्न नसक्दा हारबाट टोलीलाई जोगाउन सकेनन् ।

भारतले पहिलो इनिङमा ३१८ रन बनाएको थियो । जसमा मुरली विजयले सर्वाधिक ६५ तथा म्यान अफ द म्याच घोषित जडेजाले नटआउट रहँदै ४२ रन बनाएका थिए ।

आफ्नो पहिलो इनिङमा न्युजिल्याण्ड २ सय ६२ रनमा सिमित भएको थियो । जडेजा र अश्विनले क्रमशः ५ र ४ विकेट लिए पछि न्युजिल्याण्डको इनिङ धरासयी बनेको थियो ।

भारतले दोस्रो इनिङमा भने सुधारिएको खेल प्रर्दशन गर्दै ५ विकेटको क्षतिमा ३ सय ७७ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो ।

भारतको दोस्रो पारीमा चेतेश्वर पुजारा र मुरली विजयीले क्रमशः ७८ र ७६ रन बनाए भने जडेजाले पुनः नटआउट रहँदै ५० रन बनाए ।

यस खेलमा १० जना खेलाडीले अर्धशतक बनाए पनि कसैले शतक भने बनाउन सकेनन् । यही खेलमा आश्विनले दोस्रो चाँडो २ सय विकेट लिने बलर बनेका छन् ।

तीन खेलको टेस्ट श्रृंखलाको दोस्रो खेल अब सेप्टेम्बर ३० देखि कोलकातामा हुनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल