प्रवासबाट म्युजिक भिडियो सार्वजनिक

प्रवासबाट म्युजिक भिडियो सार्वजनिक

दुबई –वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका गायक नन्दु राईले एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।‘सुसेली लाउने, गोठालो जाने’…बोलको लोकपप गीतको म्युजिक भिडियो सङ्स नेपालबाट सार्वजनिक गरेको राईले जानकारी दिएका छन् ।
विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राईले ‘सुसेली’ नामको एल्मब सार्वजनिक गर्ने तयारीमा रहेकै बेला उक्त म्युजिक भिडियो बजारमा ल्याएको बताए ।
दुबईमा नियमित आयोजन ाहुने सानादेखि ठूलाठूला सांगीतिक कार्यक्रममा दर्शकहरु माझ रुचाइएका राईले म्यूजिक भिडियोमा स्वदेश तथा परदेशका रमणीय दृष्यहरु समेटेका छन् । भिडियोमा जिके, श्रवण, सम्झना र सिर्जुका साथमागायक राईले दुबईबाट लिपसिन दिएका छन् । प्रवीण घिमिरेको छायांकन रहेको उक्त भिडियो मुनालशिशिर फिल्मसको ब्यानरम ाबनेको हो ।

सुसेली एल्बममा उनकापरदेशमा आइयो….., सुरती साकेला……, पिउन बाँकी छ….., ओठैमा लाऊलाली….जस्ता विभिन्न विधाका गीतका साथ एक गीतको म्युजिक ट्रयाक रहनेछन् भने सुसेली लाउने…..बोलको गीतको म्युजिक अडियो सङ्स नेपालबाट सार्वजनिक भइसकेको छ भने परदेशमा आइयो…. र पिउन बाँकी छ….म्युजिक भिडियो विकल्प क्रिएसनका मुनाल िशशिर कोइरालको निर्देशनमा यूएईमै सुटिङ गर्ने गायक राईले बताएका छन् ।
हालसम्म लोक, लोकपप, आधुनिक विधाका ३ सयभन्दा बढी गीतको रचना गरिसकेका राई विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर दुबईको मञ्चहरुमा जमिरहेका छन् ।
उनकै शब्द र संगीतमा १ दर्जनभन्दागीत रेकर्ड भइसकेका छन् भने नेपाल संगीतकार संघको सदस्यका रुपमाउनीकार्यरत पनि रहेका छन् । खेलकुद, समाज सेवामा रुचि राख्ने राई दुबईमा छायांकन भइरहेका सर्टमुभी ‘रोयो लोग्ने मान्छे’मा अभिनयपनि गरिरहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल