अहिलेसम्मकै ठूलो साइबर आक्रमण : याहुका ५० करोड प्रयोगकर्ताको विवरण चोरी

असोज ७

अहिलेसम्मकै ठूलो साइबर आक्रमण : याहुका ५० करोड प्रयोगकर्ताको विवरण चोरी

न्युयोर्क – याहुले सन् २०१४ मा आफ्ना ५० करोड प्रयोगकर्ताहरुको विवरण ह्याकरहरुले चोरी भएको बताएको छ । साइबर चोरीको इतिहासमा यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

कम्पनीका अनुसार ह्याकरहरुले याहु प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरी गरेका छन् जसमा उनीहरुको नाम, इमेल ठेगाना र सेक्युरिटीका लागि सोधिने प्रश्न र त्यसको उत्तर रहेका छन् ।

_90508261_yahoologoflickr
उक्त आक्रमणलाई ‘राज्यद्वारा प्रायोजित’ बताउँदै त्यसमा क्रेडिट कार्डको विवरण भने चोरी नभएको कम्पनीले दाबी गरेको छ ।

गत जुलाईमा याहुलाई अमेरिकाको टेलिकम कम्पनी भेरिजोनले ४.८ बिलियन डलरमा खरिद गरेको थियो ।

एफबिआईले पनि उक्त घटनाको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ ।

गत अगस्तमा आफूलाई ‘पिस’ नाम बताउने एक ह्याकरले २० करोड याहु प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण बेच्न खोजेपछि यो मामिला बाहिर आएको थियो ।

याहुले बिहिबार वक्तव्य जारी गर्दै यो घटना आफूहरुले पूर्वानुमान गरेभन्दा धेरै ठूलो भएको बताएको छ ।

चोरी भएको विवरणमा टेलिफोन नम्बर, जन्म मिति र पासवर्ड पनि रहेको याहुले बताएको छ ।

याहुले आफ्ना प्रयोगकर्ताहरुलाई सन् २०१४ देखि पासवर्ड नबदलिएको भए त्यसलाई तत्काल बदल्न सुझाव दिएको छ ।

यस्तो चोरी पहिले पनि नभएको भने होइन । यसअघि माइस्पेसको ३५.९ करोड प्रयोगकर्ताको विवरण चोरी भएको थियो भने लिंक्डइनका पनि १६.४ करोड प्रयोगकर्ताको विवरण ह्याकरहरुले चोरी गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल