सर्वेक्षण भन्छ, महिलाले धेरै खसाल्छन् फोन

असोज ६  |   एजेन्सी

सर्वेक्षण भन्छ, महिलाले धेरै खसाल्छन् फोन

Frowning Chinese woman, OOF,  holding cell phone with cracked screen

के तपाईंसँग काम गर्ने महिला सहकर्मीले धेरैजसो आफ्नो फोन परिवर्तन गरिरहन्छिन् अथवा अन्य पुरुष सहकर्मीको तुलनामा उनको मोबाइल छिटो बिग्रन्छ ? वास्तवमा यस्तो हुनुको पछाडि निकै रोचक तथ्य छ । महिलाहरुले पुरुषको तुलनामा आफ्नो फोन धेरै खसाल्ने गर्दछन् ।

सर्वेक्षणका अनुसार, खसेर बिग्रिएको मोबाइल फोनमा ५८ प्रतिशत महिलाहरुको हुने गर्दछ । एक ताजा सर्वेक्षणका अनुसार, ५० प्रतिशतभन्दा धेरै मानिसहरुको स्मार्टफोनको स्क्रिन फोन खरिद गरेको ८ महिनाभित्र फुट्ने गर्दछ । यात्रा गर्ने समयमा खचाखच यात्रु भएको बसमा चढ्दा वा उत्रँदा, थुप्रै काम एकैपटक गर्दा वा सेल्फी लिँदा मोबाइल खसेर फुट्ने गर्दछ वा बिग्रन्छ ।

सर्वेक्षणमा गत एक वर्षको क्रममा मर्मतका लागि आएका ४ हजारभन्दा धेरै स्मार्टफोन खराब हुनुको कारणलाई विश्लेषण गरिएको थियो । यो सर्वेक्षण ग्याजेट तथा इलेक्ट्रोनिक्स सुरक्षा कम्पनी ‘आनसाइटगो’ द्वारा गरिएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल