एप्पलको क्रेजः आइफोन सेभेन बिक्री सुरु गरेको केही मिनेटभित्रै ‘सोल्ड आउट’

असोज ३  |   एजेन्सी

एप्पलको क्रेजः आइफोन सेभेन बिक्री सुरु गरेको केही मिनेटभित्रै ‘सोल्ड आउट’

iphone7एप्पलको आइफोन सेभेन बजारमा उतारिएलगत्तै यो संसारभरी छाउने धेरै मानिसले अनुमान गरेका थिए । तर यो कुरा यति छिट्टै वास्तविकतामा परिणत हुनेछ, यो बारे भने धेरैले सोचेका थिएनन् होला । दुबईको बजारमा आइफोन सेभेन र सेभेन प्लसको बिक्रि सुरु भएको केही मिनेट भित्रै सबै ह्यान्डसेट ‘सोल्ड आउड’ भएको छ ।

एप्पलका प्रवक्ताले दिएको जानकारी अनुसार एप्पलको आधिकारीक पसलमा बिक्रि सुरु गरेको केही मिनेटभित्रै शत प्रतिशत फोन बिकेको छ ।

यद्यपी, उनले दुबईमा बिक्रि सुरु भएको दिनमा कति फोन बिक्रि भए भन्नेबारे खुलासा गरेका छैनन् । टर्कीका एक उद्यमी हुसेन केलिकाले फोन किन्नका लागि उनको पूरा परिवार लाइनमा बसेको बताएका छन् । उनी भन्छन्, ‘ मेरो परिवारका पाँच सदस्य बिहान ४ बजेदेखि पसलमा लाइन लागेको थियो । ’

उनले एउटा, दुईवटा नभई पाँचवटा आइफोन एकैपटक किनेको जानकारी दिएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल