डिसीमा मनोज गजुरेलको साथमा नेपाली रमाइलो साँझ २०१५ हुने

  |   विजय थापा

डिसीमा मनोज गजुरेलको साथमा नेपाली रमाइलो साँझ २०१५ हुने

वाशिंगटन डिसी-नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधाका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको वुड ब्रिजमा नेपाली रमाइलो साँझ २०१५ प्रस्तुत गर्ने भएका छन् lmanij

भर्जिनियाको वुडब्रिज नेपाली समुदायको आयोजनामा वुडब्रिज बालबालिकाको शिक्षा कार्यक्रमको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिने जानकारी आयोजकको तर्फबाट रोशन पुरीले जानकारी दिएका छन् l

नेपाली टेलीभिजन नाइट ,म्युजिक भिडियो ,फेसन प्रदर्शन ,सांगीतिक कार्यक्रम संचालन गरि सकेका पुरीले नेपाली रमाइलो सांझ कार्यक्रमको प्रचार प्रसार निकै राम्रो भै रहेको र नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको बताए l

उक्त कार्यक्रमको लागि मनोज गजुरेलको साथमा स्थानीय तथा हाल अमेरिकामा रहेका नेपालका ख्याती प्राप्त कलाकारहरु संजिव प्रधान , सरिस्मा आमात्य ,सौजन्य सुब्बा ,पल्लबि राना ,राहुल केसी तथा नेपाली चलचित्र निर्देशक दर्पण पोख्रेल सहित को प्रस्तुति हुने भएको छ l

प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन पस्कने गजुरेलका प्रस्तुतिको लागि अमेरिकाबासि प्रतिक्षारत रहेका छन् l उक्त नेपाली रमाइलो साँझ २०१५ को लागि टिकट दर $ १५ डलर मात्र राखिएको छ भने कार्यक्रम आगामी अक्टोबर १८ तारिख आइतबार हुने भएको छ l

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल