अमेरिकन सरकारबाट बिशेष तालिम लिँदै एसएसपी खनाल

असोज २

अमेरिकन सरकारबाट बिशेष तालिम लिँदै एसएसपी खनाल

sarbendraन्यूयोर्क – नेपाल प्रहरीमा आफ्नो विषेश स्थान बनाउन सफल भएका एसएसपी सर्बेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्चस्तरीय तालिमका लागि छनौट भएका छन् । आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरीय एड्भान्स सेक्युरिटी कोअपरेसन कोर्ष नामक तालिममा भाग लिने भएका हुन् ।

अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरिय तालिममा संसारका विभिन्न देशका उच्चस्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । हाल महानगरिय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखि नै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन् ।

काठमाडौं, जनकपुर जस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरिय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन् । खनाल अपराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सिग, गुण्डाहरुको बिषेश अप्रेशन जस्ता कार्यले जनता माझ उनको लोकप्रियता झनै चुलिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल