अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुले यसरी नेपालको झझल्को गराए

असोज २  |   विजय थापा

अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुले यसरी नेपालको झझल्को गराए

americaवाशिंगटन डिसी –अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ ।

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा उक्त हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन पुग्यो ।

नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल, नेपाली टोपी तथा महिलाहरुले एकनासको फरियासहितको झाँकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा विदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए ।
कार्यक्रममा बालबालिका, आमाबुवा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो ।

विश्वभरका विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाकसहित प्रतिनिधिन्त्व गरेका भएता पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुगेको छ ।

उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब, पहिचान को साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताएका छन् । उक्त परेड दिवसमा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थिति पनि रहेको थियो ।

कार्यक्रम बिहान ९ बजे देखि साँझ ५ बजेसम्म चलेको थियो भने नेपाली टोलि समयमा नै पुगेका थिए भने झाकी प्रदर्शन करिब दुई घण्टा जति चलेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल