विश्व साइकल भ्रमणमा पोखराका दुई दाजु-भाइ

असोज १  |   सन्तोष दाहाल

विश्व साइकल भ्रमणमा पोखराका दुई दाजु-भाइ

भर्जिनिया –विश्व वातावरण संरक्षण र एचआइभी एड्स सम्बन्धि जनचेतना भन्ने मूल नाराका साथ विगत २ बर्षदेखि बैदाम-६ पोखराका दुई भाई डा. अमृत बराल (दाई) र अजित बराल (भाई) विश्व साइकल यात्रामा अघि बढिरहेका छन् ।

14359748_10157478745485296_1325475234_o
यात्राका क्रममा विभिन्न देशमा भिन्न किसिमको अभियानको आयोजना गरेर एचआईभी र एड्स रोकथाम र पर्यावरण संरक्षणमा जागरूकता उठाउनुका साथै बुद्धको जन्मको बारेमा फैलिरहेको भ्रामक खबरलाई सच्याउने र सगरमाथाको अस्तित्व सम्बन्धी प्रचार-प्रसार गर्नु पनि यी दुइ साइकल यात्री टोलीको विशेषता हो ।

पोखराको लेकसाइड घर भएका दाजुभाइ आफ्नो घर परिवारबाट टाढै रहेर विश्वमा नेपालको झण्डा चिनाउने गरि वातावरण संरक्षण र एचआइभी सम्बन्धि जनचेतना जगाउँदै हिँडेका छन् । घरबाट बाबा आमाको आशिर्वाद लिएर दुइ भाइ साइकल लिएर हिँडेका यी दुइ साइकल यात्रीको भ्रमणले बिश्वका धेरै नागरिकहरुलार्इ चकित नै बनाएको छ । कुरा यात्राको मात्र होइन आफ्नो डाक्टरी पेशालाइ नै लत्याएर संसारभर वातावरण जोगाउन र एचआइभी/ एड्स विरुद्धको अभियानमा सबैलाई लागि पर्न उत्प्रेरणा जगाउनु नै यात्रीको विशेषता हो ।

अति सुन्दर प्राकृतिक नगरी पोखराबाट सुरु भएको यात्रामा हाल १६ औं देश अमेरिका आइपुगेका छन् । भारत, माल्दिभ्स, श्रीलंका, बंगलादेश, म्यानमार, थाईल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, ब्रुनाई, सिंगापुर, मलेसिया, ताइवान, दक्षिण कोरिया, जापान र अमेरिकाको क्यालिफोर्निया हुँदै वासिंगटन डिसी भएर न्यूयोर्कसम्म पुग्नेछ । आफ्नो यात्राका क्रममा २०२० सम्म संसारको १०० देशहरूको भ्रमण पूरा गर्ने योजना रहेको यात्राका नायक डा. अमृत बरालले बताए । पुगेका हरेक राष्ट्रका स्थानिय तथा राष्ट्रिय संचार माध्यममा समेत यी दुइ भाइको प्रसंसनिय कामको ब्याख्या गर्दै समाचार आएका छन् ।

एशिया, युरोप, अष्ट्रेलिया, प्रशान्त क्षेत्रहरु, दक्षिण अमेरिका, उत्तर अमेरिका साथै अफ्रिकाका थुप्रै राष्ट्रहरुमा एचआईभी र एड्स रोकथाम र प्रर्यावरण संरक्षणबारे जनचेतना दिँदै विभिन्न कार्यक्रम गरि सूचना प्रवाह गर्नु यात्राको मुख्य उद्देश्य रहेको भाई अजितले बताए । एचआईभी र एड्स सम्बन्धि जागरूकता र शिक्षामार्फत सामाजिक परिवर्तनका निम्ति यात्राको समयमा विभिन्न ठाउँमा स्वास्थ्य जाँच, शिविरहरु सञ्चालन गर्दै नेपालको राष्ट्रिय झन्डा बोकी यात्री टोलि आगाडी बढिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल