मेसिनमा च्यापिएर मलेशियामा एक नेपालीको मृत्यु

असोज २०

मेसिनमा च्यापिएर मलेशियामा एक नेपालीको मृत्यु

काठमाडौं – कामको शिलशिलामा मलेशिया पुगेका एक नेपालीको मुत्यु भएको छ । सल्यान चाँ गाउँ विकास समिति वडा न ४ सागिनेका ४८ वर्षिय मोहन कामीको हिजो मेशिनमा च्यापिएर ज्यान गएको हो ।
विगत ८ वर्षदेखि मलेशियाको एक तेल कम्पनीमा काम गर्दै आएका कामीको विग्रिएको मेशिन मर्मत गर्नेक्रममा च्यापिएर ज्यान गएको उनका ज्वाई नविन विकले जानकारी दिए । उनको शवलाई नेपाल ल्याउन दुतावास र म्यानपावर कम्पन्नीसँग कुरा भइरहेको उनले बताए । उनका श्रीमती २ छोरा र ३ छोरी रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल