महिला सशक्तिकरण तथा घरेलु हिँसा सम्बन्धि गोष्ठी सफलतापूर्वक सम्पन्न

भदौ २९  |   विजय थापा

महिला सशक्तिकरण तथा घरेलु हिँसा सम्बन्धि गोष्ठी सफलतापूर्वक सम्पन्न

madhavi-1वाशिंगटन डिसी–गत सेप्टेम्बर ३ तारिख अमेरिकाको सेन्ट लुइस मिजौरीमा आन्मा तथा नासाले आयोजना गरेको संयुक्त बार्षिक सम्मेलनमा महिला संगोष्टि सफलता पूर्वक सम्पन्न भएको छ ।

अमेरिकाका नेपाली समुदायका मध्यपश्चिम तथा दक्षिण पूर्वका सशक्त नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेपलिज इन मिड वेस्ट अमेरिका (आन्मा)नामक संस्थाको १२ औ बार्षिक सम्मेलनमा मूख्य नारा महिला सशक्तिकरण तथा घरेलु हिँसा रहेको गोष्ठीको आयोजना गरेको थियो ।

उक्त गोष्ठीको कार्यक्रम डिसी महानगर क्षेत्रकी क्रियाशील महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी माधवी बस्नेत कार्कीको संयोजकतत्वमा सम्पन्न भएको थियो । कार्की अमेरिका नेपाल महिला संघ बृहत वाशिंगटन डिसी (आन्वा) नामक संस्थाको प्रतिनिधित्व गरेकी थिइन् भने उनी पूर्वअध्यक्ष पनि हुन् ।

उक्त कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि)कि धर्मपत्नी गौरी ठकुरी कार्कीले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।

उक्त कार्यक्रममा मुकेश सिंह, उर्मिला पन्थी तथा माधवी बस्नेत कार्की वक्ताहरु रहेका थिए । कार्यक्रम संयोजक कार्कीले सबैलाई स्वागत गर्दै महिला सशक्तिकरण तथा घरेलु हिंसा नेपाली समुदायमा यी मुद्धाहरु किन महत्वपूर्ण छन् भनि स्मरण गराईन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल