कुवेतमा २२ नेपाली कामदार अलपत्र

भदौ २८  |   प्रदिप नेपाली

कुवेतमा २२ नेपाली कामदार अलपत्र

वैदेशिक रोजगारका लागि कुवेतमा आएका २२ नेपाली कामदार अलपत्र परेका छन् । गत जनवरी ७ मा कुवेत आएका नेपाली कामदारलाइ कम्पनीले भिसा दिलाउन नसकेपछि अलपत्र परेका हुन् ।

नेपालको फोकस मेनपावर मार्फत कुवेतको “खलिफा दद् अल–दबबाउस एन्ड ब्रोस कम्पनी लिमिटेड” आएका मोरङका अनील चौधरी, कृष्णलाल खवास, सन्तकुमार दनुवार, शंकर कुमाल दनुवार, सोबिनकुमार खवास र कमलप्रसाद राजवंशी, दाङका सर्जन चौधरी, धरानका दिलबहादुर कुमाल, सर्लाहीका उमेश पासवान र जनकपुरका गणेश दास लगायत एक सयभन्दा बढी  नागरिक अलपत्र परेका हुन् ।

kubet-ma-alapatra1कम्पनी आर्थिक संकटमा परेपछि बिगत ६ महिना देखि कम्पनीले काम दिन सकेको छैन, अहिले सम्म ६ जनाको भिसा लगाएको छ भने १६ जना कामदारको भिसा लगाउन नसकेको पिडितहरुले बताए । अलपत्र परेका नेपालीहरुलाइ कम्पनीले खानासमेत दिन छाडेको छ ।

कुवेतको महबुल्ला ब्लक–२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका नेपाली कामदारहरु कुवेत आएदेखी एक महिना १५ दिन मात्रै काम गरेको बताउछन ।

८० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाएर दुई वर्षे करारपत्र गरी ८० केडी तलबमा (२८ हजार नेपाली रुपैयाँ) मा काम गर्न आएका उनीहरु अहिले कुवेतको कानुन अनुसार अवैधानिक भइसकेका छन् । कम्पनीले नेपाल पठाउने भन्दै दुई पटक कागजमा हस्ताक्षर गराए पनि घरफिर्तीको काम अगाडि बढेको छैन । पिडित नेपालीलाइ उद्धार गरेर पठाउन नेपाली दूतावास र म्यानपावरसँग समन्वय गरिरहेको जिफन्ट कुवेतका अध्यक्ष अर्जुन बस्नेतले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल