एनआरएनएको दोस्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए-सलाममा हुने

भदौ २८

एनआरएनएको दोस्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए-सलाममा हुने

काठमाडौं – गैर आवसीय नेपाली संघको दोस्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए-सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा सम्पन्न हुने भएको छ । बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावास दक्षिण अफ्रिकाको सहकार्यमा आयोजना हुँदैछ ।logo-nrna-300x300

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दुतावास र निकायको न्यून उपस्थितिले परी रहेको समस्या, गैरकानुनी मानव ओसारपसार, अफ्रिका राहत कोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान-प्रदान लगायत बिषयमा छलफल गर्नेछ । बैठकमा एक दर्जन भन्दा बढी अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समितिहरुको उपस्थिती रहनेछ ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सहसंयोजक रहेको एक आयोजक समिति गठन भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल