आठ बर्ष अघिदेखिको एमाले दिल्लीको विवाद मिल्यो

असोज २०

आठ बर्ष अघिदेखिको एमाले दिल्लीको विवाद मिल्यो

काठमाडौं –आठ बर्षअघिदेखीको एमाले दिल्लीको विवाद एमाले सचिव योगेश भट्टराईले मिलाएर आएका छन् । एमाले निकट प्रवासी संघ, भारत दिल्ली राज्य समितिमा आठ बर्षअघिदेखी २ समानन्तर कमिटि क्रियाशिल थियो ।yogesh in dilli prabeshi vela
०६५ फागुन ५ देखी १५ गतेसम्म वुटवलमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिबेशन अघिदेखी नै दिल्ली राज्य समितिमा २ वटा कमिटि बनेको थियो । नेपालको पार्टी भित्रको आन्तरिक गुटबन्दीको असरले त्यहाँ पनि २ वटा कमिटि बनेको हो । गत अक्टोबर २ मा एमाले सचिव भट्टराईले विवाद मिलाएर आयोजक समिति बनाएका छन् ।
भट्टराईको उपस्थिीतमा भएको बिशेष भेलाले रामप्रसाद न्यौपानको अध्यक्षतामा ३१ सदस्सीय दिल्ली राज्य आयोजक समिति बनेको छ । समितिको उपसंयोजकमा वालुराम भण्डारी, डिबी थापा, हरिप्रसाद न्यौपाने, राज उप्रेती, र प्रेम बस्नेत चयन भए । यसैगरी सचिवमा ज्ञानबहादुर बस्नेत, सहसचिवमा श्रीमती इश्वरी भण्डारी र शान्त शर्मा चयन भएका छन् । कोषाध्यक्षमा विरबहादुर गजमेर चयन भए ।
यसैगरी सदस्यहरुमा कुलबहादुर धमेल, गुमबहादुर थापा, जुद्धबहादुर जिसी, राजु न्यौपाने, एक बी थापा, काशीनाथ न्यौपाने, लीलबहादुर थापा। तुलबहादुर राना, श्रीमती, सविता थापा, मीना भुुषाल, ममता बिक, नन्द भुषाल, नन्द उपाध्यय, खेमानन्द पाण्डे, खेमानन्द भुुषाल, चित्रबहादुर कार्की, गोबिन्द केसी, तुलसी खनाल, बिष्णु नेपाली, हेमलाल रेग्मी, मन्जुसाँवा, अमृत थापा, साध्यन पुन, डीएन गुरागाई चयन भएका छन् ।
यसअघि पार्टीका महासचिव ईश्वर पोखरेल र नेता युवराज ज्ञावली विवाद मिलाउने भनेर दिल्ली पुगेका थिए । तर, विवाद मिलेको थिएन । पार्टीको लामो समयदेखीको विवाद मिलाउन पाउँदा खुसी लागेको उनले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल