विपी जयन्तीमा बिष्टले भने एक पैसा पनि अब अपचलन भएको छैन

भदौ २७  |   विजय थापा

विपी जयन्तीमा बिष्टले भने एक पैसा पनि अब अपचलन भएको छैन

unnamed-5वाशिंगटन डिसी – नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाले आयोजना गरेको विपी जयन्ती कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले समितिमा अब एक पैसा पनि अब अपचलन नभएको बताए । उनले उक्त कुरा बिपी जयन्तीमा पूर्व वक्ताहरुले नेपाली जनसम्पर्क समितिले भूकम्प पिडितको लागि अमेरिकामाबाट उठाईएको रकम अपचलन भएको सवालमा उक्त कुरा को जवाफ दिने क्रममा भनेका हुन् ।

मन्तब्यको क्रममा बिष्टले बिपी कोइरालाको बारेमा चर्चा गर्दै भूकम्प पिडितको घटनाको सवालमा म सम्पूर्ण रुपमा जिम्मा लिँदै क्षमा माग्छु किनभने म नेतृत्वमा छु भने । उनले अगाडी जो सुकैले गरे पनि आफु मुर्धन्य पदमा हुँदा यस्तो आरोप टाउकेलाई लाग्ने हुनाले त्यो कुरामा आफु फुत्कन मिल्दैन भने । बिष्टले १५ महिना लगाएर हिनामिना भएको रकम कोषाध्यक्षसंग लिएको बताए । आफूले विश्वास गरेको व्यक्तिबाट ठूलो धोका भनेको भन्दै परदेशमा विश्वासमा काम गर्नाले अप्ठ्यारो स्थिति आईपरेको बताए ।

उनले जनसम्पर्क समितिप्रति लागेको आरोप र प्रत्यारोप बारेमा स्पस्टिकरण दिँदै उनले ९ पटक लगाएर ४५ हजार उठाएको बताए । अहिले हामीसँग एक पैसा पनि हिनामिना नभएको बताउँदै पूर्व–साथीहरुले संस्थालाई अमेरिकाको ५०१ सी ३ मा पनि दर्ता नभएको खुलासा गरे ।

बिष्टले म मा कुनै स्वार्थ छैन भन्दै सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले अगाडी भने अमेरिकामा जनसम्पर्क समितिमा जहिले पनि विवादै विवाद हुनाले आफूले संगठनमा दिने समयमा परिवारलाई दिएको भए यस्तो आउने थिएन भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल